२०८३ कार्तिक १८, मंगलबार

सुन्दरीजल मोटरसाइकल दुर्घटना

सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक घाइते

सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक घाइते

काठमाडौं । काठमाडौँको सुन्दरीजलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्।
गएराति सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बा.प्र. ०२–०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडिबाट आउँदै गरेको बा.प्र. ०२–०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय सन्तोष ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज, अत्तरखेलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सुनसरीको इटहरी नगरपालिका–७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्दै आएका ढुङ्गाना दुर्घटनाको समयमा पहिलो मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा अर्को मोटरसाइकलका चालकसमेत घाइते भएका छन्। उनको बायाँ कुम, बायाँ खुट्टा र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ठक्कर दिने मोटरसाइकलका चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस