
१९ कात्तिक, यमन । यमनमा हूथी विद्रोहीले एक सैन्य शिविरमा गरेको आक्रमणमा १३ सैनिकको मृत्यु भएको छ ।
आक्रमणमा परी अन्य केही सैनिक घाइते भएका छन् । घटनाबारे थप विवरण तथा आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन ।
यमनमा लामो समयदेखि सरकारी सेना र हूथी विद्रोहीबीच सशस्त्र द्वन्द्व जारी छ । सरकारी सेना र विद्रोहीबीच पटक–पटक हुने आक्रमणका कारण देशको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै आएको छ ।
पछिल्लो सैन्य शिविरमा भएको आक्रमणले यमनको सुरक्षा अवस्थाबारे थप चिन्ता बढाएको छ ।