२०८३ कार्तिक २२, शनिबार

एनपीएलअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेर सुदूरपश्चिम रोएल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

एनपीएल : कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
Post Thumbnail

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

टीयू क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले जित निकाल्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ । कर्णालीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यस खेलका लागि कर्णाली याक्सले आफ्नो टोलीमा दुई परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङलाई पहिलो रोजाइमा समावेश गरिएको छ ।

यस्तै, सुदूरपश्चिम रोएल्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेलाई पहिलो रोजाइमा खेलाउने निर्णय गरेको छ ।

दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस