२०८३ कार्तिक २२, शनिबार

आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, सुनुवाइका लागि पेशी तोकिने

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, सुनुवाइका लागि पेशी तोकिने
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, सुनुवाइका लागि पेशी तोकिने

२० कात्तिक, काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।

कार्कीले बिहीबार आफ्ना वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । उक्त निवेदन शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

बिहीबार भने निवेदन अध्ययनका क्रममा रहेकाले दर्ता हुन नसकेको बताइएको थियो ।

सर्वोच्च अदालतमा निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइका लागि पेशी तोक्ने प्रचलन छ । सोहीअनुसार कार्कीको रिटमाथि सुनुवाइका लागि पेशी तोकिने अपेक्षा गरिएको छ ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझेका छैनन् ।

आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित उनले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस