२०८३ कार्तिक २२, शनिबार

राजेन्द्रलक्ष्मी गैरे

सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य गैरे घाइते

सिंहदरबारभित्रै गाडीको ठक्करबाट सांसद राजेन्द्रलक्ष्मी गैरे घाइते
सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य गैरे घाइते

२० कात्तिक, काठमाडौं । सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन् ।

शुक्रबार सिंहदरबार परिसरमा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा गैरेलाई गाडीले ठक्कर दिएको हो ।

ट्राफिक प्रहरी स्रोतका अनुसार बा.१७ च ८८०७ नम्बरको गाडीले उनलाई ठक्कर दिएको थियो । उक्त गाडी पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको रहेको दाबी गरिएको छ ।

यस विषयमा बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन् ।

गाडीको ठक्करबाट सामान्य घाइते भएकी गैरेलाई ठक्कर दिने गाडीले नै उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको थियो ।

गैरे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सदस्य हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस