२०८३ कार्तिक २२, शनिबार

ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री

ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज, नेपाली समुदायसँग मनाए तिहार

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज
ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज, नेपाली समुदायसँग मनाए तिहार

सिड्नी। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन्। नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा प्रधानमन्त्री अल्बानिज नेपाली पहिचान झल्किने ढाकाटोपीमा सजिएर सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले सिड्नीमा नेपाली समुदायसँगै तिहार मनाउन पाउनु आफ्नो लागि खुसीको विषय भएको बताए।

उनले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको योगदानको प्रशंसा गर्दै विविधता नै अस्ट्रेलियाको शक्ति भएको उल्लेख गरे।

‘विविधता हाम्रो शक्ति हो, र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो,’ प्रधानमन्त्री अल्बानिजले भने।

नेपालको कला, संस्कृति, परम्परा र पहिचानलाई अस्ट्रेलियामा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित नेपाल फेस्टिभलमा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ढाकाटोपीमा सजिएका अस्ट्रेलियाका प्रधानमन्त्रीको सहभागिताले कार्यक्रममा थप आकर्षण थपेको थियो। नेपाल फेस्टिभलले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचान र नेपालको मौलिक परम्परा प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस