२०८३ कार्तिक २७, बिहिबार

टोपबहादुर रायमाझी थुनामुक्त

टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै

टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै, ३ वर्ष ६ महिना कैदपछि छुट्दै
टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी उमेर हदका आधारमा कैद छुट पाएपछि थुनामुक्त हुन लागेका हुन् ।
रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उमेरका आधारमा कैद छुट पाउन जिल्ला अदालत काठमाडौँमा निवेदन दिएका थिए । उनी गत कात्तिक २६ गते ६५ वर्ष पुगेका हुन् । अदालतको आदेशअनुसार उनलाई आजै थुनामुक्त गर्न कारागारमा पत्रसमेत पुगिसकेको छ ।
रायमाझी २०८० वैशाख ३१ गतेदेखि डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले २०८३ असार ३० गते उनलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो ।
ठगी, राज्यविरुद्धको कसुर तथा संगठित अपराधमा दोषी ठहर भएका रायमाझीलाई अदालतले विभिन्न कसुरमा कैद र जरिबाना तोकेको थियो ।
गत कात्तिक १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था बमोजिम उनलाई कैद छुट दिने आदेश गरेको थियो ।
कैद सजायमा छुट पाएर थुनामुक्त हुन लागेका रायमाझीले भने विभिन्न कसुरमा तोकिएको जरिबाना रकम भने तिर्नुपर्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस