
काठमाडौँ । देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, रातिको समयमा पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार राति गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, बिहानपख तराईका भू–भाग, उपत्यका तथा खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाले मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।