
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैको पहिचानसमेत खुलेको छ ।
सशस्त्र प्रहरीका अनुसार दुर्घटनाग्रस्त माइक्रोबसमा चालकसहित २० जना सवार थिए । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।