२०८३ मंसिर २, मंगलबार

व्यक्तिगत आयतर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालि सम्मानित

राष्ट्रिय कर दिवसमा भाटभटेनीलाई विशेष सम्मान, व्यक्तिगततर्फ राजबहादुर शाह उत्कृष्ट करदाता

राष्ट्रिय कर दिवसमा भाटभटेनीलाई विशेष सम्मान, राजबहादुर शाह उत्कृष्ट करदाता
राष्ट्रिय कर दिवसमा भाटभटेनीलाई विशेष सम्मान, व्यक्तिगततर्फ राजबहादुर शाह उत्कृष्ट करदाता

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।

यस वर्ष सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्‍याउनुका साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान गरिएको हो ।

२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । उक्त घटनाबाट कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको थियो ।

ठूलो क्षति हुँदाहुँदै पनि कम्पनीले एक जना कर्मचारीको समेत रोजगारी नगुमाई पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याएको जनाएको छ । यही योगदानको कदर गर्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो ।

व्यक्तिगततर्फ राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल सम्मानित

राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् ।

त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।

सरकारले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । कर दिवसका अवसरमा विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परा छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस