
४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारदेखि हुने भारत भ्रमणलगायत समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ ।
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणको तयारी, टोलीका सदस्य तथा अन्य आवश्यक विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ ।