
माग २८, काठमाडौँ/नेपाली कांग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महसुस गरी निष्पक्ष र पारदर्शी निर्वाचन वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। राष्ट्रिय सभामा बोल्दै उनले सरकारका केही पछिल्ला निर्णयले निर्वाचनको निष्पक्षतामाथि आशंका पैदा गरेको बताए।
रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय र एनआरएनएको महाधिवेशनमा सरकार आयोजक बनेको विषयप्रति उनले असन्तुष्टि जनाए। यस्ता कदमले सरकार कुनै दल वा उम्मेदवारतर्फ पक्षधर बनेको हो कि भन्ने प्रश्न उठेको उनको भनाइ छ।