
माघ २८, जनकपुरधाम/ राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। बुधबार रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रका रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका हुन्। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले ‘घण्टी’ चिह्नका उम्मेदवार मनिष झालाई समर्थन गरेका हुन्।