२०८२ अषाढ ६, शुक्रबार

मुक्तिनाथको शीरमा तीन धार्मिक सम्पदा फेला

मुक्तिनाथ मन्दिर माथिको शीर मुक्तिक्षेत्र पर्वतीय स्थानमा विष्णु भगवानका तीनवटा धार्मिक सम्पदा फेला परेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
मुक्तिनाथको शीरमा तीन धार्मिक सम्पदा फेला

२४ वैशाख काठमाडौँ / मुस्ताङ जोमसोम प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर माथिको शीर मुक्तिक्षेत्र पर्वतीय स्थानमा विष्णु भगवानका तीनवटा धार्मिक सम्पदा फेला परेका छन् ।

समुद्री सतहको ४ हजार एक सय मिटरको उचाइदेखि करिब ४ हजार ७ सय मिटरको अग्लो पर्वतीय मुक्तिनाथ क्षेत्रको विशाल पर्वतमा भगवान् विष्णुसँग सम्वन्धित तीनवटा धार्मिक सम्पदा पत्ता लागेका हुन् ।

मुक्तिनाथ मन्दिरदेखि माथि अग्लो पर्वतीय स्थानमा विष्णु भगवान्सँग जोडिएका तीनवटा धार्मिक सम्पदा पत्ता लागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले मुक्तिनाथ मन्दिर माथिको पर्वतीय स्थानमा विष्णु चुल्हो, नागराज पर्वत र गरुड पर्वत आकृति देख्न सकिने बताए ।

मुक्तिनाथ क्षेत्रको थप धार्मिक पर्यटन विकास गर्ने उद्देश्य लिएर प्रजिअ भुसालसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

भगवान् विष्णुको बासस्थान रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ मन्दिर रहेको स्थानदेखि दक्षिण केही माथि ‘विष्णु चुल्हो’ अवस्थित रहेको प्रजिअ भुसालले जानकारी दिए ।

पौराणिक कालमा मुक्तिनाथ मन्दिर माथिको अग्लो पर्वतीय स्थानमा विष्णु चुल्होमा आगो फुकेको आकृतिको ठूलो ढुंगा अवस्थित छ । यसका अलावा त्यस स्थानमा अरू दर्जनौं ससाना पत्थररूपी विष्णु चुल्हो आकृतिका प्रसस्तै ढुंगाहरू देख्न सकिने प्रजिअ भुसालले जनाए ।

विष्णु चुल्हो भएको स्थानमा पकाउने भाँडाकुडा, पकाउने ठाउँलगायतको ढुंगाको आकृतिहरू देख्न सकिन्छ । त्यहाँ अवस्थित विष्णु चुल्होलाई मन्दिर निर्माण गरी त्यहाँ भित्र राखिएको छ । त्यहाँ अवस्थित विष्णु चुल्हो मन्दिरमा एक जना साधु बस्ने गरेको प्रजिअ भुसालले बताए। उनका अनुसार त्यहाँ बस्ने साँधु बाबाले निरन्तर विष्णु चुल्होमा पूजाअर्चना गर्ने गरेको प्रजिअ भुसालले उल्लेख गरे ।

पौराणिक कालमा मुक्तिनाथ क्षेत्रको पर्वतीय स्थानमा अवस्थित विष्णु चुल्हो रहेको ठाउँमा भगवान विष्णुले तपस्या गर्ने गर्थे भन्ने भनाइ छ । विष्णु भगवान् तपस्या गर्दा ब्रम्हाजीले खिर पकाएर विष्णु भगवान् र अरू देवताहरूलाई खुवाएको धार्मिक जनविश्वास छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस