
माघ २६, काठमाडौँ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू अहिले जलेको सिंहदरबार अगाडि पार्किङ गरिएको छ । आउदैँ गरेको निर्वाचनको लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको हो ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। सोही अनुरूप भारत सरकारले गाडी उपलब्ध गराएको हो। यस पटकको निर्वाचनका लागि भारत सरकारले साना–ठुला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ।