
माघ २१, काठमाडौँ / सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले मंगलबार ललितपुरबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएर ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट घर भएका २२ वर्षीय सुशील स्याङतान र सुनसरीको घरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन् । आरोपीहरूको साथबाट एकथान पेस्तोल बरामद गर्नुकासाथै आरोपीहरूमाथि अनुसन्धान गर्न स्थानीय प्रहरीलाई जिम्मा लगाइएकोे सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।