१० चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन्।आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।
‘यसमा दुईवटा उपाय छन् । एउटा, विवाहको उमेर घटाएर १८ मा लैजाऔं भन्ने छ । अन्तर्राष्ट्रिय अभ्यास चाहिँ रोमियो जूलियट ले प्रयोग गर्ने कि भन्ने छ,’ गृहमन्त्री लेखकले भने ।
रोमियो जुलियट मोडलबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले भने, ‘रोमियो जुलियटलले के भन्छ भने, १८ वर्ष विवाहको उमेर तोक्यो मानौं । १६ देखि १८ वर्षसम्मको उमेरमा पनि उनीहरूको शारिरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन भन्ने कन्सेप्ट छन् ।’