२०८२ बैशाख ६, शनिबार
सडक डिभिजन

सडक डिभिजनले धमाधम बनाउँदै चक्रपथको महाराजगञ्ज–चप्पल कारखाना खण्ड

सडक डिभिजनले धमाधम बनाउँदै चक्रपथको महाराजगञ्ज–चप्पल कारखाना खण्ड

५ वैशाख काठमाडौँ /चक्रपथ विस्तारअन्तर्गत कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा विलम्ब भइरहेका बेला महाराजगञ्जदेखि चप्पल कारखानासम्मको खण्ड भने सडक डिभिजन काठमाडौंले धमाधम निर्माण गरिरहेको छ ।

सात सय मिटर उक्त खण्ड चालू आर्थिक वर्षमै ठेक्का लागेर धमाधम निर्माण भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए । कलंकीदेखि महाराजगञ्जसम्मको खण्ड चिनियाँ पक्षले बनाउने तयारी गरिरहेको छ । त्यसका लागि चिनियाँहरू आएका पनि छन् ।

महाराजगञ्ज, नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको खण्ड भने सडक डिभिजन काठमाडौंले नै बनाइरहेको छ । ‘चिनियाँहरूले बनाउने भनेकै स्ट्याण्डर्डमा हामीले सडक बनाइरहेका छौं,’ उनले भने ।

उक्त खण्ड अम्बुजा/एसके/काली जेभी काठमाडौंले निर्माण गरिरहेको हो । निर्माणाधीन महाराजगञ्ज–चप्पलकारखाना सात सय मिटर सडक दायाँबायाँ सर्भिस ट्र्याकसहित १० लेनको हुनेछ । उक्त खण्ड विस्तारका लागि चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन भएको हो ।

यही आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको र आगामी वर्षमा विस्तार थप्दै जाने सडक डिभिजन काठमाडौंका प्रमुख भण्डारीले बताए । पहिलो खण्डअन्तर्गत महाराजगञ्जदेखि धोबीखोलासम्म निर्माण हुनेछ । यो खण्ड दुई किलोमिटर हाराहारी छ । दोस्रो खण्ड, तीनकुने–सिनामंगल हुँदै धोबी खोलासम्म निर्माण हुनेछ ।

यो खण्ड सडक डिभिजन काठमाडौंले नै निर्माण गर्ने भण्डारीले बताए । महाराजगञ्जदेखि चप्पल कारखाना खण्डको अहिलेसम्म वित्तीय प्रगति २५ प्रतिशत छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस