११ वैशाख काठमाडौँ /सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सक र प्रहरीबिच झकेलाधकेल भएको छ ।
माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजेका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेपछि तनावको अवस्था उत्पन्न भएको हो ।
उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए ।