२०८२ अषाढ १७, मंगलबार

दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गमा अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित दुम्कीबासमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको छ ।
दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गमा अवरुद्ध

१९ वैशाख नवलपुर / पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित दुम्कीबासमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको छ ।

शुक्रबार बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्मित डाइभर्सन पनि बाढीले बगाएकाले मालवाहक तथा ठूला गाडी होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

यात्रुवाहक र साना सवारीसाधनलाई भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस