२० वैशाख काठमाडौँ / मकवानपुरको हेटौडामा सडक भासिएर रोकिराखेको गाडी बेपत्ता भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित भित्री कच्ची सडकमा शुक्रबार दिउँसो करिब १ बजेतिर सडक भासिएर गाडी नै बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार ना ४ च४८३३ नम्बरको माछा बोक्ने गाडी सडकमुनि हराएको हो ।
उक्त ठाउँमा बोरिङ खनेको थियो। नजिकै चालक हरि राईले माछा पालन समेत गरेका थिए । उक्त गाडी भने माछा बोक्न प्रयोग गरिएको थियो । शुक्रबार गाडीमा बसिरहँदा अगाडिको भाग एक्कासि भासिन थालेपछि चालक बाहिर निस्किएका थिए । तर पछि केही सेकेन्डमै गाडी भित्र पसेर बेपत्ता भएको हो ।