२०८२ अषाढ १८, बुधबार

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १८, शनिबार
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

१७ जेठ, काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार चीनको गान्सुमा भेटवार्ता भएको हो ।

चीन भ्रमणमा रहेकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको नेताहरूले बताएका छन् । यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस