२०८२ अषाढ १७, मंगलबार

स्वदेश फर्कियो फुटबल टिम

हङकङसँगको मैत्रीपूर्ण फुटबल र एएफसी एसियन कप तेस्रो चरणमा लाओसविरुद्ध प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।
स्वदेश फर्कियो फुटबल टिम

२९ जेठ काठमाडौं / हङकङसँगको मैत्रीपूर्ण फुटबल र एएफसी एसियन कप तेस्रो चरणमा लाओसविरुद्ध प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । नेपाली टिम बुधबार (जेठ २८) राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरे । नेपाली टिमले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपालले वरीयतामा आफूभन्दा माथि रहेको हङकङलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो ।

त्यसपछि नेपालले जुन १० मा एएफसी छनोटअन्तर्गत लाओससँग उसैको मैदानमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाली टिम २–१ ले पराजित भएको थियो । नेपाली फुटबलको इतिहासमा लाओसविरुद्ध यो पहिलो हार हो ।

छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपाल र लाओससँगै भियतनाम र मलेसिया छन् । छनोटको यसअघि आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग २–० को हार व्यहोरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस