२५ असार काठमाडौँ / रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण कैलाश मानसरोवर गएर फर्किएकाहरू टिमुरेमा रोकिएका छन् । स्याफ्रुवेशी र टिमुरेको बिचमा सड्क अवरुद्ध हुँदा तीर्थयात्रीहरु धुन्चेतर्फ आउनबाट रोकिएका हुन् ।
५० जना नेपाली तीर्थयात्री र ४ जना विदेशीहरू टिमुरेमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रसुवाका एकजना अधिकृतले बताए । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास हुँदै छ । नेपाल–चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण १९ जना सम्पर्क विहीन भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुण पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवा पुगेका छन् ।