२०८२ अषाढ २५, बुधबार

सुनचाँदी व्यवसायीको र्‍याली र कोणसभा

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ २५, बुधबार
सुनचाँदी व्यवसायीको र्‍याली र कोणसभा

२५ असार काठमाडौँ / नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन् । उनीहरूले न्युरोड जुद्धशालिक बाट र्‍याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए ।

आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस