२५ असार, जनकपुरधाम / जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको हो ।
घटनाको एकसातापछि मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए । महासेठलाई छुरासहित आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
एसपी रेग्मीका अनुसार महासेठले घरसायी विवादमा ससुराको पेटमा चारपट छुरा प्रहार गरेका थिए । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।