२७ असार काठमाडाैँ / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार दिउँसो दुई बजेका लागि नगरसभा बोलाएका छन् । शुक्रबार काठमाडौं प्लाजास्थित सभा हलमा बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर बालेनले उक्त कुरा बताएका हुन् ।
यस्तै असार २९ गते आइतबार बिहान ९ बजे कार्यपालिका बैठक बोलाएका छन् । मेयर बालेनले शुक्रबारको कार्यपालिका बैठकमा एउटा मात्रै एजेन्डा राखेका थिए । २४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको उनको भनाइ छ ।