२०८२ श्रावण ३, शुक्रबार

विद्या भण्डारीले शेखर कोइरालासँग मागिन् नैतिक समर्थन

विद्या भण्डारीले शेखर कोइरालासँग मागिन् नैतिक समर्थन

२ साउन काठमाडौं /  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारीको निजी निवास भंगालमा डा. कोइराला र भण्डारीबीच भएको पौने एक घण्टा लामो भेटवार्तामा विद्याले आफू राजनीतिमा हामफालेको भन्दै नैतिक समर्थन मागेकी छन् ।

डा. शेखरले आफ्नो नैतिक समर्थन रहने आश्वासन दिँदै आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अलग पार्टीका तर्फबाट साथ दिन र बोल्न आग्रह गरेका छन् ।
“वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्र गरी सुशासन कायम हुने अपेक्षा गरेका थियौँ । तर, भ्रष्टाचारको दर घट्न सकेन,” डा. शेखरको भनाइ उदृत गर्दै

सचिवालयले भन्यो, “म एक्लै बोलिरहेको छु । तर, परिणाम हासिल हुन सकेन । अब भ्रष्टाचारविरुद्ध तपाईंले पनि आफ्नो ठाउँबाट आवाज उठाउन सुरु गर्नुपर्‍यो ।”
दुई नेताबीच आआफ्नो ठाउँबाट साझा मुद्दामा सहकार्य गर्ने समझदारी कायम भएको बताइएको छ । दुई नेताबीच ‘वान अन वान’ वार्ता भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस