४ साउन काठमाडौँ / दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाको आइतबार बिहान आफ्नै पिक अप गाडीले च्यापेर मृत्यु भएको हो ।
बिहान करिब ६ बजेतिर घर अगाडि रोकेर राखेको लु ३ च ४८१४ नम्बरको गाडी ब्याक भइ पछाडि गुड्न थालेपछि बानियाका दाजु भाइले मिलेर रोक्ने प्रयास गरेको थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले गएराति घर नजिकै उकालोमा गेयरमा राखेको गाडी बिहान स्टार्ट नभएको सोधपुछबाट खुलेको बताए ।
त्यसपछि अवरोधका लागि टायरमा राखेको ओट ( ढुंगा) निकालेका थिए । लगत्तै गाडी ब्याक हुन थालेपछि दाजु भाइ मिलेर रोक्ने प्रयास गरेका थिए । गाडी नथामिएपछि एक भाइले भागेर ज्यान जोगाएका थिए। तर, राजेशलाई भने गाडीले घरको भित्तामा लगेर च्याप्यो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते बानियालाई उपचारका लागि तत्कालै लमही अस्पतालमा पुर्याइएको भएपनि चिकित्कसले मृत घोषणा गरेका थिए ।
शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ ।