२०८२ श्रावण ५, आईतबार

बाढीपहिरोले इलाम र पाँचथरमा क्षति, मेची राजमार्ग अवरुद्ध

बाढीपहिरोले इलाम र पाँचथरमा क्षति, मेची राजमार्ग अवरुद्ध

४ साउन / विराटनगर अविरल वर्षासँगैको बाढीले हेवाखोलाको ‘डाइभर्सन’ बगाएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा बाढी आएर डाइभर्सन बगाएसँगै मेची राजमार्ग अवरुद्ध छ ।

कोसी प्रदेशमा शनिबार (साउन ३) रातिदेखि निरन्तर वर्षा भइरहेको छ । पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ र धनकुटाका विभिन्न खोलमा पानीको बहाव बढेको छ ।
बाढी घटेपछि हेवाखोलाको डाइभर्सन मर्मत गरी राजमार्ग खुलाउने तयारी थालिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरका तीन पालिकामा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

२०८० असारको बाढीले हेवाखोलास्थित स्थायी पुल बगाएको थियो । त्यसपछि बनाइएको अस्थायी बेलीब्रिज पनि गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो । गएको जेठ ३१ गतेको बाढीबाट फिदिम–४ र हिलिहाङ–७ लाई जोड्ने हेवाखोलामा बनाइएको बेलीब्रिज भाँचिएको थियो ।

बाढीले तमोर करिडोर पनि अवरुद्ध छ । धनकुटाको साँघुरीगढी गाउँपालिका–९ मा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस