२५ साउन काठमाडौँ / कञ्चनपुरस्थित महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका–११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन् ।
उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।