२०८२ श्रावण २९, बुधबार

मधेस र लुम्बिनी प्रदेशका क‍ेही ठाउँमा भारी वर्षा

मधेस प्रदेशको सप्तरीस्थि रूपनी बजार र बरमझिया आसपासमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
मधेस र लुम्बिनी प्रदेशका क‍ेही ठाउँमा भारी वर्षा

२८ साउन काठमाडौं / मधेस प्रदेशको सप्तरीस्थि रूपनी बजार र बरमझिया आसपासमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँची जिल्ला आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, मधेससहित कोसी प्रदेशको तराई क्षेत्र, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले भारी वर्षा भइरहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस