२४ भदौ, काठमाडौं / विशेष अदालत काठमाडौंमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।
त्यस्तै, अदालत परिसरमा रहेका सवारी साधनहरूमा पनि आगजनी भएको छ ।उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।
उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।