२२ असोज, काभ्रेपलाञ्चोक / रोशी खोलास्थित काभ्रेपलाञ्चोकको रोशी–११ माम्तीमा एक महिलाको शव फेला परेको छ । रोशी गाउपालिका–९ का वडा अध्यक्ष शिशिर लामा ‘जनम’ का अनुसार रोशी–११ माम्तीमा भेटिएको शव रोशी–९ मंगलटारको आन्दाजी ७८ वर्षीया लक्ष्मी मलेपतीको भएको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार हिजोदेखि घरबाट निस्किएकी घर आएकी थिइनन् । मलेपतीलाई कहाँबाट बगाएर माम्तीमा पुगेको बारे अनुसंधान भईरहेको र उनको शव तेमालको बाटो हुँदै धुलिखेल पठाउन लागेको कार्कीले जानकारी दिए ।