
९ कात्तिक, काठमाडौं / प्रहरी वृत्त महाराजगञ्ज प्रहरी हत्याको आरोपमा थप पाँच व्यक्ति पक्राउ परेका छन् । वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन् ।
उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।