२०८२ कार्तिक ११, सोमबार

भुवा जात्रा हेर्न जाजरकोट पुगेका युवकको हत्या, ६ जना पक्राउ

चाडपर्वको समयमा लाग्ने भुवा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या गरिएको छ ।
भुवा जात्रा हेर्न जाजरकोट पुगेका युवकको हत्या, ६ जना पक्राउ

१० कार्तिक सुर्खेत /  चाडपर्वको समयमा लाग्ने भुवा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या गरिएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका—८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका—४, उत्तिसेनीका ३९ वर्षीय लाल बहादुर पुन मगरको हत्या भएको हो । हत्यामा संलग्नहरू पनि नौमुलेकै रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार, कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो । सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीर बहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए ।

५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।

घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस