२०८२ कार्तिक १८, सोमबार

दाउन्नेमा सवारी जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

दाउन्नेमा सवारी जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

१७ कात्तिक, बुटवल / पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ । पानी पर्न छाडे पनि सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेकाले गाडी नचलाउन अनुरोध गरिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाने अर्थात बर्दघाटबाट दुम्किबास जाने सवारीसाधन पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधन पास हुन सकेका छैनन् ।
सडक हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन चढ्न नसक्दा ठाउँठाउँमा बिग्रिएकोले लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार ठाउँठाउँमा सवारी साधन बिग्रिएका कारण सडक एकतर्फी भएको छ । जसले गर्दा सवारी साधनको लामो लाइन लागेकोछ । सवारीसाधनको लाम १० किलोमिटरभन्दा लामो छ ।

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ५ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार एक सूचना जारी गरी दाउन्ने सडकको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस