
२१ कात्तिक, काठमाडौं / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन् ।
नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले पुष्टि गरे ।
उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।
छलफलमा कोइरालाले आफू आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहेको ‘ब्रिफिङ’ गरेका छन् ।