
पुस ७, काठमाडौँ / मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सो समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । हालको सरकारले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने सो समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा जेन्जी समूह पुगेका थिए ।