
फागुन ६, धादिङ् /कसैप्रतिको अतिरिक्त आशक्ति या कोहीमाथि कुनै आग्रह हैन यो–
#मन मिलेको बेला बालकोट गएर केपी ओलीको हातबाट तबला उपहार लिने तपाईं। उनै केपी ओली,रन्जित तामाङ्ग,मन्दरा चिमरिया,पदमबहादुर जवेगु,धिरेन सुब्बासहित प्रायः सबै मुख्य उम्मेदवारसङ्ग पत्रकार बिजय पौडेलले पब्लिकसामु प्रश्नोत्तर कार्यक्रम चलाउँदा अरुलाई प्रश्न सोध्ने तपाईं आफैचाहिँ किन एउटा कुर्सी खाली राखेर प्रश्नदेखि तर्किएको,झर्किएको ?
#तपाईं जुन पार्टीको सिरानी हालेर प्रधानमन्त्री बन्न रहर गर्दै हुनुहुन्छ,त्यसैको कार्यालय र छातीमा टाँस्ने लोगोप्रति किन यति धेरै एलर्जी पालेको,श्रद्धाले लगाइदिएको माला के लाई बाटो बाटोमा लुतो झैं फालेको ?
#३ बर्षअगाडि ०७९ असारको स्थापनाकालदेखि नै रास्वपामा लागेका कार्यकर्तासङ्ग कहीं कतै किन बस्न,भेट्न,बोल्न नचाहेको ? कुन दिनको रिस फेरेको ? किन छुट्टै सम्पर्क कार्यालय चलाएको ?
#तपाईंकै चुनाव प्रचारका लागि सङ्गै सुदूर पश्चिम हिंडेका पत्रकार दिनेश सिटौला अछाममा अकस्मात ढले,सेनाको हेलिकप्टर र स्काइ ट्रकमा सुर्खेत हुँदै काठमाण्डौ ल्याइयो र २ दिनपछि जलाइयो । प्रहरीले पेलपाल नगरेको भए पोस्टमार्टम नगरी सीधै आर्यघाट लगेर अन्तिम सँस्कार गरिँदै थियो । प्रहरीले पोस्टमार्टम नगरी हुन्न भन्नुपर्ने अवस्था किन आयो ?
#फेरि फेरि चढिएका करोडौं मूल्य पर्ने गाडीहरुको भन्सार छलीउपर वीरगन्जका कर्मचारीहरुले कार्वाही भोगिरहँदा कोशेली दिने राजश्वमारा मालपानीहरुसङ्गको सम्बन्धवारे तपाईंले किन पब्लिकलाई जवाफ नदिएको ?
#मालपानीको गुट्खालाई काठमाण्डौमा ०८०/८/१२ गते पूर्ण प्रतिवन्ध लगाएर पार्नुसम्म अप्ठ्यारो पारेपछि उनीसङ्गै ८ करोडको डिफेण्डर गाडी किन उपहार लिएको र उनैसङ्ग दरवारमार्गमा बिछ्याउन किन ५ करोड १५ लाखको ग्रेनाइट किनेको ?
#यी सबै प्रकरणमा मध्यस्थकर्ताको भूमिका निभाउने सुनिल लम्साललाई महानगरको ३२ लाख बेरुजु निकालेर किन ब्राजिल,फ्रान्स भ्रमण गराई अहिले उनै मालपानीको ब्यापारिक कारोवार थलो रुपन्देही–१ मा उम्मेदवार बनाएको ?
(प्रश्न सुशासन पक्षधर तपाईं–हामी सबैका साझा हुन् र प्रमाणससहित राखेर सोधिएका छन्)
किशोर श्रेष्ठ लेख्छन् ।