
फागुन ८, काठमाडौं/संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले चुनावपछिको साधारण तारिख तोकेको छ। मंसिरमै दायर भएका रिटहरूमा हालसम्म प्रारम्भिक सुनुवाइ मात्र भएको छ भने थप सुनुवाइ अघि बढाइएको छैन।
रिटमार्फत प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको दाबी गरिएको छ। तर, सर्वोच्चले हालसम्म औपचारिक पेसी तोकेको छैन।
रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार, निर्वाचन (फागुन २१)को भोलिपल्ट फागुन २२ गतेलाई साधारण तारिख दिइएको छ। चुनावअघि र २२ गते पनि रिटमाथि सुनुवाइ नहुने स्पष्ट भएको छ।