२०८३ अषाढ १४, आईतबार

वृक्षारोपण

बनदेवी सामुदायिक वनमा मोसो बाँसको वृक्षारोपण, आयमूलक वन विकास अभियान सुरु

आयमुल्क तर्फ सामुदायिक वन
बनदेवी सामुदायिक वनमा मोसो बाँसको वृक्षारोपण, आयमूलक वन विकास अभियान सुरु

धादिङ,असार १४ । धुनिवेशी नगरपालिका–९ स्थित श्री बनदेवी सामुदायिक वन उपभोक्ता समूह ले आज वन क्षेत्रलाई आयमूलक बनाउने उद्देश्यसहित मोसो (Moso) प्रजातिको बाँस रोपण अभियान सुरु गरेको छ।

drishtinepal
वन उपभोक्ता समितिका अध्यक्ष वासु श्रेष्ठका अनुसार समूहअन्तर्गत रहेको करिब ८ हेक्टर वन क्षेत्र मा हाल मुख्य रूपमा चिलाउने, कटुसलगायतका रुखहरू रहेका छन्। ती रुखहरूले वातावरणीय संरक्षणमा योगदान दिए पनि स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ कम हुने भएकाले क्रमशः आयमूलक बिरुवाको विस्तार गर्ने योजना अघि सारिएको हो।

drishtinepal
अध्यक्ष श्रेष्ठले आगामी दिनमा मरिङ्गा (सहजन), टिमुर लगायत उच्च आर्थिक मूल्य भएका बिरुवाहरू रोपेर वनलाई उत्पादनमुखी बनाइने जानकारी दिनुभयो। यस अभियानले वन संरक्षणसँगै स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी, बनदेवी सामुदायिक वन अन्तर्गत रहेको खर्के डाँडा सालक पार्क मा आगामी अगस्ट १ मा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा ७० वटा साकुरा (चेरी ब्लसम) का बिरुवा रोप्ने तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। उक्त अवसरमा अशोक, धुपी तथा साकुरा लगायतका विभिन्न प्रजातिका बिरुवा पनि रोपिने योजना रहेको छ।

drishtinepal
समुदायमा आधारित वन व्यवस्थापनलाई संरक्षणसँगै आर्थिक उत्पादनसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो अभियानले स्थानीय जैविक विविधता संरक्षण, पर्यावरण सन्तुलन तथा ग्रामीण अर्थतन्त्रलाई समेत सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाँस वृक्षारोपणमा सव डिभिजन वन कार्यालय खानिखोलाबाट रेन्जर सुनिता चौधरी वन रक्षक दुर्गा तिमिल्सिना श्री बनदेवी सामुदायिक वन उपभोक्ता समूह कोषाध्यक्ष शोभा भण्डारी खर्केडाँडा पोक्निक स्पट संयोजक उद्दव भण्डारी इच्छाकामना मन्दिर निर्माण संयोजक सुरेश सुयल लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस