
बैतडी । बैतडीमा आज दिउँसो भूकम्प गएको छ। दिउँसो १ बजेर ६ मिनेटमा जिल्लाको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पको धक्का बैतडीसहित छिमेकी जिल्ला बझाङ र दार्चुलामा समेत महसुस गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भूकम्पबाट हालसम्म कुनै पनि स्थानमा क्षति पुगेको विवरण प्राप्त भएको छैन।