
अर्घाखाँचीको सन्धिखर्कमा आगलागी हुँदा स्थानीय महानन्द पोखरेलको घरमा पूर्ण क्षति भएको छ।
सन्धिखर्क नगरपालिका–१ स्थित पोखरेलको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। आगलागीबाट घरमा ठूलो क्षति पुगेको जनाइएको छ।
आगलागी कसरी र के कारणले भएको हो भन्नेबारे खुल्न सकेको छैन। त्यस्तै, आगलागीबाट भएको क्षतिको यकिन विवरणसमेत प्राप्त हुन बाँकी छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।