२०८३ कार्तिक १६, आईतबार

ट्रम्पको इरानबारे दाबी

इरानमा एक–दुई लक्ष्यमा मात्रै आक्रमण गर्न बाँकी छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता र आणविक कार्यक्रम ध्वस्त पारेको दाबी गर्दै पिकएक्स माउन्टेनसहित एक–दुई लक्ष्यमा मात्रै आक्रमण गर्न बाँकी रहेको बताएका छन् ।
इरानमा एक–दुई लक्ष्यमा मात्रै आक्रमण गर्न बाँकी छ : ट्रम्प

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता र आणविक कार्यक्रम ध्वस्त पारिसकेको दाबी गर्दै अब एक–दुई वटा लक्ष्यमा मात्रै आक्रमण गर्न बाँकी रहेको बताएका छन् ।

शनिबार फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बाँकी लक्ष्यमा ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि रहेको उल्लेख गरेका हुन् ।

ट्रम्पले उक्त स्थलसहित बाँकी लक्ष्यमा आवश्यक परे छोटो समयमै आक्रमण गर्न सकिने बताएका छन् । उनका अनुसार अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यदेखि सुरु गरेको सैन्य कारबाहीपछि इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य उपकरणमा ठूलो क्षति पुगेको छ ।

इरानसँग युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि ट्रम्पले बताएका छन् । तर, वार्ता सकारात्मक भए पनि इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने उनको भनाइ छ ।

ट्रम्पले ‘पिकएक्स माउन्टेन’लाई इरानको सम्भावित भूमिगत आणविक केन्द्रका रूपमा उल्लेख गरेका छन् । उक्त स्थलमा आणविक गतिविधि भइरहेको भन्ने दाबीलाई भने इरानले अस्वीकार गर्दै आएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमाथि थप सैन्य कारबाही गर्ने वा नगर्ने विषयमा कुनै निर्णय नभएको बताएका छन् । कूटनीतिक समाधान सम्भव भए त्यसका लागि अमेरिका तयार रहेको उनको भनाइ छ ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानसँग वार्ताको प्रयास जारी रहे पनि सैन्य कारबाहीको सम्भावना कायमै रहेको देखाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस