२०८२ चैत्र १, आईतबार

सुनिल थापा

सुनिल थापालाई कलाकारहरुले दिए अन्तिम श्रद्धाञ्जली

अभिनेता सुनिल थापालाई कलाकारहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
सुनिल थापालाई कलाकारहरुले दिए अन्तिम श्रद्धाञ्जली

माग २५, काठमाडौं /अभिनेता सुनिल थापालाई कलाकारहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरिरलाई आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहित थुप्रै फिल्मकर्मी, संगीतकर्मी र शुभेच्छुकहरुले थापाको शवमा पुष्पगुच्छा चढाउँदै श्रद्धाभाव व्यक्त गरे । सो अवसरमा बाजा र सलामीसहित थापालाई बोर्डले सम्मान गरेको थियो ।

अहिले थापाको शवलाई अन्त्येष्टिको लागि शवयात्रासहित पशुपति आर्यघाटतिर लगिँदैछ।
मुम्बईमा रहेका थापाका परिवार नेपाल आएपछि अन्त्येष्टि गर्न लागिएको हो । हृदयघातको कारण शनिबार बिहान थापाको ६८ वर्षको उमेरमा निधन भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस