२०८२ अषाढ ६, शुक्रबार

चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ ।
चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

२५ जेठ काठमाडौँ / सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्‍बर ढोका नजिकैबाट गोताखोर साउदको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो । उनी बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो ।

उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो । डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो ।

बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए ।

दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए । त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस