२०८३ भाद्र ११, बिहिबार

सम्भव सिरोहिया

सिरोहियाको घरमा तोडफोड गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा दर्ता

सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
सिरोहियाको घरमा तोडफोड गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा दर्ता

फागुन १, काठमाडौँ । गत भदौ २४ को ’जेन्जी आन्दोलन’ को बहानामा अराजक समूहले काठमाडौँको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । सिरोहियाले दिएको जाहेरी र प्रहरी प्रतिवेदन अनुसार लुटपाट र आगजनीबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

उक्त लुटपाटमा पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँका ३५ वर्षीय सुजन डंगोल, ३५ वर्षीय विवेक थापा, धादिङका ३३ वर्षिय गोपाल थापा, गोरखाका २५ वर्षिय रोजिस घिमिरे र धनकुटाको महालक्ष्मी नगरपालिका ३ का ३० वर्षीय प्रज्ज्वल रोगु विरुद्ध ’अपराधिक उपद्रव तथा चोरी’ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस