फिल्म ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा गरेपछि निर्माण टिमले शनिबारदेखि छायांकन सुरू गरेको हो । पनौती नगरपालीका ११ बल्थली स्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै सुटिङ सुरू गरिएको हो ।
निर्देशक यम शेर्पाका अनुसार ३५ दिनको सेड्युल रहेको छ । फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ । यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् ।
चलचित्रको बाल ९ कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । प्रकाश र दयाहाङको यो पहिलो हिकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।
निर्माणपक्षले चलचित्रको कथा बारे केही खुलाउन चाहेका छैनन्। ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् ।