२०८३ श्रावण १३, बुधबार

पूर्वराजा

पूर्वराजा शाह झापाबाट काठमाडौँ आउँदै

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् ।
पूर्वराजा शाह झापाबाट काठमाडौँ आउँदै

फागुन १, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । सुरक्षा स्रोतका अनुसार मौसमको कारण जहाज डिले हुने भएपछि शाह कैलाश हेलिकप्टरमार्फत काठमाडौँ आउन लागेका हुन्।

उनी मध्यान्ह १२ बजे झापाबाट हेलिकप्टरमा काठमाडौँतर्फ प्रस्थान गर्नेछन् । आज राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस